दफा २६
बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने विशेष व्यवस्था
(१) अदालतले तीन दिन वा सोभन्दा बढी अवधिको लागि अदालत बन्द रहने भएमा त्यस्तो विदाको अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाई गर्न देहाय बमोजिम एकजना न्यायाधीशलाई तोक्नु पर्नेछ:
(क) काठमाडौं उपत्यकाको हकमा प्रधान न्यायाधीशले तोकेको सर्वोच्च अदालतको न्यायाधीश,
(ख) उच्च अदालत र जिल्ला अदालत रहेको जिल्लाको हकमा उच्च अदालतको मुख्य न्यायाधीशले तोकेको सम्बन्धित उच्च अदालतको न्यायाधीश,
स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “उच्च अदालत” भन्नाले उच्च अदालतको मुकामलाई समेत जनाउनेछ ।
(ग) खण्ड (क) र (ख) बाहेकका जिल्ला अदालत रहेको अन्य ठाउँमा सम्बन्धित जिल्ला अदालतको न्यायाधीश र त्यस्तो जिल्ला अदालतमा एक भन्दा बढी जिल्ला न्यायाधीश रहेको भए मुख्य भई काम गर्ने जिल्ला न्यायाधीशले तोकेको जिल्ला न्यायाधीश ।
(२) यो ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकैकुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम तोकिएको न्यायाधीशले विदाको अवधिभर सम्बन्धित अदालतमा परेको निवेदन उपर उपयुक्त आदेश जारी गर्न सक्नेछ र सम्बन्धित पदाधिकारीले विदाको अवधि भए तापनि त्यस्तो आदेश कार्यान्वयन गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम निवेदन दिने र त्यसको सुनुवाई गर्ने ठाउँ उपदफा (१) बमोजिम तोकिएको न्यायाधीशले निर्धारण गरे बमोजिम हुनेछ ।